खेलकुद
२०३९ सालका नेपालका स्ट्रङ म्यान राजभगत प्रधानाङ्गको कोरोना संक्रमणका कारण निधन
धरानः वि. सं. २०३९ सालमा भएको बडी बिल्डिङ (शारीरिक सुगठन) प्रतियोगितामा च्याम्पियन भएर स्ट्रङ म्यान घोषित धरानका राजभगत प्रधानाङ्गको कोरोना संक्रमणका कारण सोमबार निधन भएको छ ।
नेपाल बडिबिल्डिङ संघका पूर्व केन्द्रीय उपाध्यक्ष तथा शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका धरान १ निवासी उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमा बसेका उनी शरीरमा अक्सिजनको कमी भएको र स्वास्थ्यमा समस्या आएको भन्दै भोलिपल्ट अस्पताल भर्ना भएका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भेन्टिलेटर नभएपछि उनको विराटनगरस्थित कोभिड १९ अस्पतालमा उनलाई भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा सोमबार अपराह्न ४ बजे उनको मृत्यु भएको परिवारले जनाएको छ ।
शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको धरानका खेलकर्मीहरू बताउँछन् । स्ट्रङ म्यानको उपाधि २ पटक जितेका उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एन्ड फिटनेस को सल्लाहकार तथा आइएफबीबीको अन्तर्राष्ट्रिय निर्णायक पनि थिए ।
Banner
रवि लामिछाने आफ्लै भनेका थिए-म अमेरिकाबाट रित्तो हात फर्किएको हुँ।मैले बच्चालाई मासिक रुपमा नेपाल बाटै अमेरिका पैसा पठाउँन पर्छ।पैसा त रविलाई पनि चाहिएकै हुन्छ।उनी पनि कुनै अर्बपती त होइनन्।
Banner
ट्राफिक प्रहरी हत्या प्रकरण : यी हुन् पक्राउ परेका १३ वर्षीय बालक सहित ७ जना
काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ। घिमिरेको शव काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा गत शुक्रबार फेला परेको थियो।
उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
उनका अनुसार भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, , स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो।
बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।
Banner
विश्व उच्च रक्तचाप दिवसको अवसरमा नोवेलको प्रभातफेरी
विराटनगर । विश्वभर आजको दिन अर्थात मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइने गरिएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो ।
उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आज महेन्द्रचोकबाट तिनपैनीसम्म प्रभातफेरी गरेको छ ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गच्छाले स्वागत गरे पछि सुरु भएको प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको बारेमा प्रकाश पारेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपालसहित नोवेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । मन्तव्य व्यक्त गर्दै उनले विराटनगर महानगरपालिकाले पनि जनचेतना मुलक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।
विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको छ । मानिसको बदलिदो दैनिकी, खानपान, पर्याप्त मात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको छ । नेपालको सन्दर्भमा हरेक चार जना मध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ । उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टी कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ । नियमित रुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधी सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस बर्षको विश्व उच्च रक्तचाप दिवसको नारा पनि “तपाईको रक्तचाप सही ढंगबाट नाप्नु होस् । यसलाई नियन्त्रण गर्नुहोस् र दीर्घायु बन्नुहोस् ।” भन्ने रहेको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
Pingback: साहसिक पर्यटनकर्मी लेखमणि जिमीको निधन - निष्पक्षखबर